फागुन २० काठमाडौं– संविधानसभा नियमावली मस्यौदाबारे देखिएका समस्या समाधानका लागि भन्दैं मस्यौदा समितिको म्याद फेरि थपिएको छ । मस्यौदाबारे देखिएका विवाद समाधान गर्न अझै छलफलको आवश्यकता देखिएकाले समितिको म्याद १० दिन फेरि थप गरिएको हो । नियमावलीको बारेमा देखिएका समस्या समाधान गर्न नियमावली मस्यौदा समितिले संविधानसभासँग १० दिन म्याद थप गर्न भनेपछि समितिको आग्रहमा म्याद थपिएको हो । हिजो भएको छलफलबाट संविधान प्रमारिकरण कसले गर्ने ? भन्ने बिषयमा दलहरुबिच सहमति जुट्न नसकपछि थप छलफलका लागि भन्दैं म्याद थप गर्नु परेको हो । संविधान राष्ट्रपतिले जारी गर्ने वा संविधानसभाका अध्यक्षले जारी गर्ने भन्ने विवादले तोकिएको समयमा संविधानसभा नियमावली निर्माणमा ढिलाइ हुदै आएको छ । समितिमा नेपाली काङ्ग्रेस, समाजवादी जनता पार्टी नेपाल र परिवार दल राष्ट्रपतिले संविधान प्रमाणीकरण गर्नुपर्ने भनिरहेका छन् भने एमाले, एमाओवादीसहितका दलहरु तयो मान्न तयार छैन्न । यही फागुन २९ गते बस्ने संविधानसभाको बैठकमा नियमावलीको मस्यौदा पेश हुन नसके विवाद समाधानका लागि पकृयामा प्रवेश गर्नुपर्ने सभासदहरुको भनाई छ । सभासद लक्ष्मणलाल कर्र्णको अध्यक्षतामा गठन गरिएको ४९ सदस्यीय समितिले नियमावली तयार पार्न सुरुमा १० दिनको म्याद पाएको थियो ।
अन्तरबार्ता
टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

माघ ९, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स ९ युएईतर्फ टी–१० क्रिकेट
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।