स्थानीय निकायको निर्वाचन हुन नसक्नु दुर्भाग्य– मन्त्री सिंह

फागुन २० काठमाडौं– उप्रप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले लामो समयसम्म थानीय निकायको निर्वाचन हुन नसक्नु दुर्भाग्य भएको वताएका छन् । १६ वर्षसम्म स्थानिय निकाय जनप्रतिनिधि बिहिन हुँदा विकास निर्माणका काम हुन सकेको मन्त्री सिंहको भनाई छ । जिल्ला विकास समिति काठमाडौंको आज सातौं परिषद उद्घाटन गर्दै उनले सथानियनिकाय जनप्रतिनीधी बिहिन हुदा जनताले राज्यवाट पाउने सेवा र सुविधा पाउन नसकेको बताए । सिंहले काठमाडौ उपत्यकालाई एउटा व्यवस्थित शहर वनाउनका लागि उपत्यकाका तीनवटै जिल्ला मिलेर काम गर्नु पर्नेमा जोड समेत दिए । स्थानियनिकायमा सेवा लिन जनताले हैरानी व्यहोर्नु परिरहेकाले कर्मचारीहरुले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन आग्रह गरे । परिषदले ५ अर्ब ८६ करोड ३८ लाख ५४ हजार रुपैया बराबरको बजेट पारित गरेको छ ।