फागुन २०, अछाम– हिन्दुधर्म र पुरातन संस्कारका नाममा सुदुरपश्चिमका महिलाहरु रजश्वला भएका बेला घरबाट टाढा छाउपडि गोठ बनाई राख्ने चलन अहिले बिस्तारै हट्दैछ । रजश्वला भएकी महिलालाई घरबाट छुट्टैं राख्नाले बिभिन्न घटना घट्ने र ज्यानै समेत जान थालेपछि त्यसलाई हटाउने अभियान स्वरुप अछामका बिभिन्न गाबिस अहिले छाउपडि गोठ मुतm गरिदैंछन् । सोही अन्र्तगत बिनायक गाविसलाई जिल्लाको छैठौं छाउपडी गोठमुक्त गाविसका रुपमा आज घोषणा गरिएको छ । गाविसका सबै छाउपडी गोठ भत्काई रजश्वला हुने उमेरका किशोरी तथा महिलाहरु सुरक्षित साथ घरमै बस्न थालेपछि आज एक कार्यक्रमका बीच सो गाबिसलाई छाउपडी गोठमुक्त गाविस घोषणा गरिएको हो । अछामका विभिन्न गाविसमा पछिल्लो समयमा छाउपडी गोठमुक्त अभियानले तीव्रता पाईरहेको छ । यसअघि अछामका भागेश्वर, रिडिकोट, पायल, जनालीबण्डाली, सेरा गाविस छाउपडी गोठमुक्त घोषणा भईसकेका छन भने जिल्लाका चाफामाण्डौँ जुपु वान्नातोली रामारोशन लगायतका गाविसमा छाउपडी गोठमुक्त अभियानले तीव्रता पाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व