आहा गोल्डकप आजदखि पोखरामा सुरु

फागुन २० पोखरा – सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरामा रारा आहा गोल्डकप सुरु हुदैछ । पोखरा रंगशालामा भैरहेको १२ औं आहा रारा गोल्डकप–२०७० चैत १ गतेसम्म संचालन हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्यांदी क्लब, नेपाल पुलिस क्लब, एनएमबी मच्छिन्द्र फुटबल क्लब, सीएमजी संकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, सामसुङ जावलाखेल युथ क्लब, सिम्रिक सरस्वती युथ क्लब, एन्फा एकेडेमी युथ १६, धरान फुटबल क्लब, र्बुनाइको फस्ट रोयल गोर्खा राइफल फुटबल टिम र आयोजक सहारा क्लब पोखराको सहभागिता रहनेछ । आज प्रतियोगिताको उद्घाटन खेल एन्फा एकेडेमी युथ–१६ र एपीएफबीच भेरहेको छ । प्रतियोगिताका विजेतालाई ३ लाख ५१ हजार र उपविजेतालाई २ लाख १ हजार रुपैयाँ साथमा ट्रफी र मेडल तथा प्रमाणपत्र दिइने छ ।