प्रधानमन्त्री कोइरालाले बिमिस्टेक सम्मेलनलाई सम्वोधन गर्दै

फागुन २० काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले आज म्यानमारमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) सम्मेलनलाई सम्वोधन गर्दै छन् । सम्मेलनमा सम्बोधनका क्रममा उनले नेपालको प्राथमिकता र दुई पक्षीय हितका विषयमा कुरा राख्नु हुने बताईएको छ । १५ सदस्यीय नेपाली टोलीको प्रतिनिधित्वगर्दै प्रधानमन्त्री कोइराला आईतबार म्यानमार प्रस्थान गरेका थिए । बिमिस्टेक सम्मेलनको क्रममा प्रधानमन्त्री कोइरालाले हिजो भारतीय प्रधानमन्त्री मनमोहन सिंह भेटवार्ता गरेका थिए । वार्तामा दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको जनाईएको छ । बिमिस्टेकमा नेपाल लगाएत बंगलादेश, भुटान, म्यानमार, भारत, श्रीलंका र थाइल्यान्डका राष्ट्रप्रमुखहरुको सहभागीता रहेका छ । तीन दिने सम्मेलनमा सदस्य राष्ट्रहरूले आपसी सहयोगका क्षेत्रमा भएका प्रगतिको समीक्षा र मुख्य तिन वटा योजनामा सहमति गरि हस्ताक्षर गर्नेछन् ।