संविधान सभाले संविधान पारित गर्छ – देउवा

फागुन १९, बाँके – नयाँ बन्ने संबिधान कसले जारि गर्ने भन्ने बिषयमा बिवाद भैरहेका बेला नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अब बन्ने लोकतान्त्रिक संविधान संविधान सभाले पारित गर्ने बताएका छन । बरिष्ठ नेता देउवाले संविधान जारी राष्ट्रपति वा सभामुख कसले गर्ने भन्नेवारे अहिले नै विवाद गर्नु हतार हुने बताए । पहिला संबिधान बनाउनतर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने र त्यसपछि संबिधान कसले जारि गर्ने बिषयमा छलफल गर्नु बुद्धिमानी हुने नेता देउवाको भनाई थियो । बाँकेमा आज पत्रकारहरुसंग कुराकानी गर्दै पुर्ब प्रधानमन्त्री समेत रहेका नेता देउवाले संविधान बनाउने विषय नै अहिले मुख्य भएककाले संबिधान जारि गर्ने बिषयमा विबाद गनृ नहुने बताए । नेता देउवाले पहिलो संविधान सभाले गरेका सबै निर्णय र सहमतिलाई यो संविधान सभाले ग्रहण गर्ने वित्तिकैं सबै समाधान हुने ठोकुवा समेत गरे । उनले संविधान सभामा नेकपा–माओवादीको उपस्थिती पनि अनिर्वाय भएकाले यसबारे सबैले सोच्नु पर्नेमा जोड दिए ।