फागुन १९, कपिलवस्त– युवाहरुलाई तरकारी खेतीतर्फ आकर्षित गर्न कपिलवस्तुमा पहिलो पटक युवा लक्षित व्यवसायिक तरकारी खेती कार्यक्रम जिल्ला कृषि कार्यालयलले संचालन गरिएको छ । युवाहरुलाई तरकारी खेती तर्फ प्रोत्साहित गरि जिल्लालाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन जिल्ला उतm कार्यक्रम संचालन गरेको हो । वैदेशिक रोजगारीमा जाने युवाहरुको सख्या घटाउन नेपाल सरकारको चालु आर्थिक बर्षको बजेट मार्फत कार्यक्रम सुरु गरिएको कृषि कार्यालयले जनाएको छ । कार्यक्रम अन्र्तगत तरकारी खेती गर्ने ४० जना बेरोजगार युवाहरुलाई ६० हजारका दरले अनुदान दिईने कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खाले बताउनुभएको छ । अनुदानपछि युवाहरु आलु, तरकारी, मसला विकास, युवा लक्षित व्यवसायिक तरकारी उत्पादनमा लाग्ने बताइएको छ । एक हेक्टर अथवा २० कठ्ठामा दुई बाली खेती गर्ने युवालाई छनौट गरी कार्यक्रम संचालन गरि त्यसका लागि २४ लाख रुपैया बजेट बिनियोजित भएको छ । तरकारी खेती गर्ने युवाको छनौट गरी उनीहरुलाई प्रथम किस्ता बापत ३० हजार प्रदान गरिएको प्रमुख खाले बताउनुभएको छ । कार्यक्रम सहित बिभिन्न सात कार्यक्रमका लागि चालु आर्थिक बर्षमा कृषि कार्यालयमा १ करोड ४५ लाख बढी रकम बिनियोजन भएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
