खाग बिक्रीका आरोपी पूर्पक्षमा

फागुन,१८ चितवन–राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिंगे गैंडाको खाग बिक्री व्यवसायमा लागेको आरोपमा चितवन शक्तिखोरका दिपबहादुर चेपाङलाई भरतपुर कारागारमा पूर्पक्षका लागि पठाएको छ । गैंडाको खाग तस्करी गरेको आरोपमा शक्तिखोर ३ सुपारका ५६ वर्षीय दिपबहादुर चेपाङ लाई पुर्पक्षका लागि भरतपुर कारागार पठाइएको हो । उनीमाथि २०६३ सालमा गैंडा तस्कर गरेको अभियोगमा भदौ २८ गते चितवन निकुञ्जमा मुद्धा दायर भएको थियो । फरार हुादै आएका चेपाङलाई निकुञ्जले गत फागुन ११ गते पक्राउ गरेको थियो । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुावरको ईजलासले उनलाई कारागार पठाईएको निकुञ्ज अधिकारिहरुले बताएका छन् । उनीमाथि लगाइएको आरोप प्रमाणित भए १५ बर्ष कैद र १ लाख या दुवै सजायका व्यवस्था हुने छ ।