फागुन १८,नेपालगञ्ज– गत शुक्रबारबाट नेपालगन्जमा शुरु भएको ‘डेमोक्रेटिक लयर्स एशोशियशन डिएलए’को ९ औ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नेपाली कांग्रेस निकट डिएलए’को महाधिबेसनले सर्वसम्मतबाट अधिवतmा गोपालकृष्ण घिमिरेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षहरुमा लखनलाल यादव पूर्वाञ्चल, केशवप्रसाद काफ्ले मध्यमाञ्चल, ठाकुर रमण आचार्य काठमाण्डौ उपत्यका, कमला मोहन वाग्ले पश्चिमाञ्चल, प्रहृलाद बहादुर कार्की मध्यपश्चिमाञ्चल र शिवराज पाण्डे सुदूरपश्मिाञ्चल रहेका छन् । यसैगरी महासचिवमा मेघराज पोखरेल,सचिवमा पूर्ण प्रकाश बस्नेत र कोषाध्यक्षमा रामबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । केही कानुन व्यवसायीहरुका असन्तुष्टीबिच निर्वाचित भएका अध्यक्ष अधिवतmा घिमिरेले सबै कानुन व्यवसायीलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी