शेर्पा समुदायमा ग्याल्बो ल्होसारको उल्लास

फागुन १८,काठमाडौं– नयां बर्षका रुपमा मनाईने शेर्पा समुदायमा आजबाट ग्याल्बो ल्होसारको उल्लास छाएको छ । नेपालको उच्च पहाडी र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा र भोटे समुदायले ग्याल्बो ल्होसारलाई नया बर्ष मान्दैं विशेष पर्व र खुशीका साथ मनाउने गर्दछन् । मिठो परिकार सहित एक आपसमा खुसीयाली बाडेर मनाईने यस पर्वमा ति समुदायका दाजुभाई दिदी बहिनीहरुले आज बिहानै शुद्ध जल बुद्धलाई चढाएर आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गर्दछन् । शेर्पा समुदायको ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । यसैबिच, ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालालगायत नेताहरुले समेत शुभकामना दिएका छन ।