संविधानसभा नियमावलीको मस्यौदा आज तयार हुदैं

फागुन १६,काठमाडौं– संविधानसभा नियमावली मस्यौदा समितिले संविधानको मस्यौदा आज तयार पार्दैछ । मस्यौदा समितिले ९० प्रतिशत काम सकाएकाले आज बाँकी १० प्रतिशत काम सकेर मस्यौदा तयार हुने समितिका सभापति लक्ष्मणलाल कर्णले बताए । संविधानसभामा पाँच ओटा समिति राख्ने निर्णय हिजो नैं भैसकेको छ । संविधानसभा नियमावली भित्रको परिच्देछ ११ मा समिति रहने व्यवस्थाका विषयमा छलफल गरेर पाँच ओटा समिति रहने गरी निर्णय भएको हो । समितिको बैठक बिहान ११ बजे बस्दैछ । आज मस्यौदा तयार गरिए पछि फागुन २० गते मात्रै संविधानसभा बैठकमा बुझाईने कणृले बताए । मस्यौदालाई संविधानसभाले पारिद गरेपछि संविधानसभा र व्यवस्थापिका संसदले त्यसैलाई आधार मानेर काम अघि बढाउछ ।