पाल्पा महोत्सव २०७० सुरु

फागुन १६, पाल्पा– आजदेखि पाल्पा महोत्सव २०७० सुरु हुदैछ । पर्यटकिय स्थलको प्रचार प्रसार सहित जिल्लामा हवाईमैदान निर्माण गर्नको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पाल्पा उद्योग वाणिज्य संघले जनाएको छ । तानसेनको टुडिखेल मैदानमा सञ्चालन हुने महोत्सव फागुन २५ गतेसम्म चल्ने छ । महोत्सवमा तीन सय ७ वटा स्टल रहेको संघका अध्यक्ष राजु महर्जनले जनाकारी दिए । महोत्सवमा कृषि जन्य वस्तु, पाल्पाली ढाका, करुवा, जिल्लामा रहेका विभिन्न ऐतिहासिक पर्यटकिय स्थल र महत्वपूर्ण वस्तुहरुको फोटो प्रदर्शनीलगायतका स्टल रहने अध्यक्ष महर्जनले बताए । राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने प्रचारप्रसार समितिका संयोजक शैलेन्द्र भट्टराईले जानकारी दिए । उहाँका अनुसार विश्वको सबैभन्दा ठूलो अस्ट्रिज नामको चरा देख्न पाईने छ भने हेलिकप्टरबाट जिल्लाको पर्यटकिय स्थलहरुको दृष्याअवलोकन गराईने व्यवस्था समेत गरिएको छ । करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ५ करोड वरावरको कारोवार हुने आयोजक पाल्पा उद्योग वाणिज्य संघको अनुमान छ ।