एमाले केन्द्रीय कमिटीको बैठक बस्दैं

फागुन १६, काठमाडौं – पार्टिको नवौं महाधिबेसनका बिषयमा छलफल गर्न आज नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा पार्टिको जेठका लागि तय भएको नवौ महाधिबेसनका उजेण्डाबारे छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा सरकार गठनको समिक्षासहित नवनियुक्त मन्त्रीहरुलाई बधाई दिने कार्यक्रम समेत रहेको उनले बताए । हिजो बस्ने भनिएको बैठक शिवरात्री पर्व परेकाले आजसम्मका लागि सारिएको थियो ।