मच्छिन्द्र र संकटाको भिडन्त

फागुन १५, काठमान्डौं– सहिद स्मारक सुपर लीगमा मच्छिन्द्र र संकटाबिच आज भिडन्त हुदैंछ । त्रिपुरेश्व स्थित दशरथ रंगशालामा खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । सुपर लिगमा सबै खेलमा जित निकालेको मच्छिन्द्रले आज अन्तिम खेलमा संकटालाई पराजित गरे दोस्रो हुनेछ । बराबरी खेले पनि उसलाई दोस्रो हुन कुनै अपठ्यारो पर्ने छैन् । मच्छिन्द्रको ३१ अंक छ भने थ्री–स्टारको २९ अंक रहेको छ ।