हिन्दु धर्मालम्वीहरुले महाशिवरात्रि पर्व मनाउदैं

फागुन १५, काठमाडौं – हिन्दु धर्मालम्वीहरुको महान पर्व महाशिवरात्रि आज देशका बिभिन्न शिवालयहरुमा धुमधामसंग मनाईदैछ । प्रत्येक वर्र्ष फागुन चर्तुदर्शीका दिन काठमाडौं स्थित पशुपति मन्दिर लगायत देशभरका बिभिन्न शिवालयहरुमा हिन्दु धर्मालम्वीहरुले शिवलाई भगवानकारुपमा मान्दैं पूजा ,आराधना तथा उपासना गरेर मनाउने गर्दछन् । शिवरात्रीको अवसरमा हिन्दु धर्मावलम्बीहरुले बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई भतmीपुर्वक शिव महादेवको पूजा–आराधना गर्ने गर्दछन् । शिवरात्रीको अवसरमा पशुपति मन्दिरमा प्रत्येक बर्ष ठुलो मेला लाग्ने गर्दछ । पशुपति दर्शनका लागि भारत लगायत अन्य मुलुकबाट पनि हजारौं भतmजन र साधुसन्तहरु यसबर्ष पनि आएका छन । दर्शनका लागि आएका भतmजनहरुका लागि दक्षिणा , भेटी, दही, मिठाइ लगायतको व्यवस्था समेत गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले जनाएका छन् । टण्डनका अनुसार दर्शनका लागि विभिन्न क्षेत्रबाट आएका भतmजनहरुको सुरक्षा तथा व्यवस्था गर्नका लागि करिब चार हजार सुरक्षाकर्मी र त्यतीकैं संख्यामा स्वयम्सेवक परिचालन गरिएको छ ।
यसैबिच, महाशिवरात्रिका अवसरमा राष्ट्रपति ड.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाले सम्पुर्ण नेपालीबीच आपसी धामिर्क सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्ध अभिबृद्धी हुदै जाओस भनि शुभकामना दिनु भएको छ ।
त्यस्तैं, प्रधानमन्त्री सुशील कोइरालाले पनि शिवरात्री पर्वको अवसरमा नेपालीहरुबिच आपसी सद्भाव राखी मुलुकको हितमा लाग्न प्रेरणा मिलोस भनि शुभकामना दिनु भएको छ । सन्देशमा उहाले नेपाल बहुजातीय, बहुधामिर्क, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र भएकाले यस्ता पर्वहरुले नेपालीको बिशेषता झल्काउने बताउनु भयो । यसैगरि बिभिन्न राजनितीक दलका शिर्षस्थ नेताहरुले पनि महाशिवरात्रीको अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा सुखशान्ती, मेलमिलाप र आपसी भाईचाराको सम्बन्ध बढोस भन्दै शुभकामना दिएका छन् ।