बैंक पुर्नस्थापना नहुँदा व्यापारी मार्कामा

फागुन १४, दार्चुला – दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा बैङ्क नहुँदा व्यापारीहरु मार्कामा परेका छन् । बैङकीङ कारोबार गर्न दैनिक ६ सय रुपैयाँ यातायातमा मात्र खर्च गर्नुपर्ने अवस्था रहेको सथानिय व्यापारीहरुको दुखेसो छ । बढ्दै गएको बजारीकरणले गर्दा गोकुलेश्वरमा बैङकीङ सेवाको आवश्यकत्ता भएपनि सुरक्षा अभावले बैङकहरु खुल्न नसकेको बताईन्छ । गोकुलेश्वरमा रहेको नेपाल बैंक लिमिटेडको शाखा सशस्त्र द्धन्द्धकाबेला २०५८ सालमा डडेल्धुरा सरेपछि त्यस यता पुर्नस्थापना हुन नसक्दा सेवाग्राही समस्या परेका हुन । स्थानियबासी र स्थानिय ब्यापारीहरुले तत्काल गोकुलेश्वरमा बैक पुर्नसथापनाको माग समेत गरेका छन ।