सेना दिवस मनाईदैं

फागुन १५, काठमाडौं – नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबिच सैनिक दिवश मनाउदै छ । सैनिक मुख्यालय जङगी अड्डाको मातहत रहेका देशका भागमा रहेका पृतना, बाहिनी, गण , गुल्मलगायतका निकायमा समेत सेना दिवसका अवसरमा बिभिन्न कार्यक्रम भैरहेको सेनाले जनाएको छ । हरेक बर्ष महाशिवरात्रीका सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरि सैनिक दिवस मनाईने गरिन्छ । उतm समारोहमा राष्ट्रपति डा. रामवरण यादवले उत्कृष्ट गणहरुलाई निशान प्रदान गर्ने समेत कार्यक्रम रहेको जङगी अड्डाले जनाएको छ । दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइराला, सरकार मन्त्रीहरु बिशिष्ठ अधिकारीहरुको पनि सहभागिता रहने बताईएको छ । सोही क्रममा सेनाका विभिन्न टोलीद्वारा मार्चपास, हातहतियार, तोप,बढाँई, कवाजलगायतका विकास निर्माणसम्बन्धी गतिविधिबारे कलाकौशल प्रदर्शन हुनेछ । विसं. २०४७ देखि नेपाली सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ता रक्षाका लागि नेपाली सेना आफ्नो लक्ष्य र उदेश्यमा अनबरत लागि परेको छ । देशका बिभिन्न क्षेत्रमा विकास निर्मणका कार्यमा समेत नेपालीले उल्लेखनिय कार्य गर्दै आएको छ ।