फागुन,९ काठमाडौं–प्रधानमन्त्री सुशील कोइरालालाई व्यवस्थापिका संसदले शुक्रबार औपचारिक रुपमा बधाई दिएको छ । प्रधानमन्त्रीमा निर्वाचित कोइरालालाई एकसाता अघिको बैठकमा बधाई दिने कार्यसूची भएपनि मन्त्रिपरिषद् विस्तार नभएकोले रोकिएको थियो । संबिधानसभा भबन नया बानेश्वरमा बसेको संसदको बैठकले प्रधानमन्त्री निर्वाचित भएकोमा कोइरालालाई बधाई दिएको हो । बैठकमा सरकारले गरेको संवैधानिक नियुक्ति पारित गर्न प्रस्तावका रुपमा पेस गरिएको थियो । तत्कालिन सरकारले संसदीय सुनुवाई बिना नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगमा प्रमुख तथा आयुक्तहरु नियुक्ति गरेको थियो । अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति भएका लोकमानसिंह कार्कीको विषयलाई लिएर विवाद समेत भएको थियो । त्यस्तै बैठकमा अर्थिक अध्यादेश २०६९ र राष्ट्र ऋण उठाउने अध्यादेश २०६९ र २०७० बहुमतले पारित गरिएको छ । यसअघि सभासद बिश्वेन्द्र पासवानले ती अध्यादेश अस्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संसदको अर्को बैठक फाल्गुन १२ गते बिहान ११ बजेका लागी बोलाईएको छ । संबिधानसभाको बैठक भने १४ गते ११ बजेका लागि तय भएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी