प्रधानमन्त्रीलाई राष्ट्रपतिको निर्देशन किन ?–पौडेल

फागुन ९, काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले वर्तमान सरकारलाई राष्ट्रपतिले लिखित रुपमै निर्देशन र सुझाव दिएको भन्ने कुरा सरासर झुठो भएको भन्दै त्यसलाई प्रस्टयाउनु भएको छ । आज बसेको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले आफूलाई राष्ट्रपतिले त्यस्तो कुनै पनि निर्देशन नदिएको प्रस्ट्याएका हुन । राष्ट्रपति ड.रामवरण यादवले सरकारलाई सातबुँदे निर्देशन र सुझाव दिएको भन्ने खवर संचारमाध्यमा गलत रुपमा आएको कोइरालाको भनाई थियो । प्रधानमन्त्रीमा निर्वाचित भई सरकारको जिम्मेवारी सम्हाल्न लाग्दा राष्ट्रपतिले आफुलाई मुलुकको अवस्थाबारे आफु निकै गम्भीर रहेको भन्दैं जनताको अपेक्षा अनुसार सरकारले काम गरोस भनि शुभकामना दिनु बाहेक त्यस्तो कुनै पनि निर्देशन आफुलाई नदिए बताएका हुन ।
यता , एमाले सचिव विष्णु पौडेलले व्यवस्थापिका संसदको आज बसेको बैठकको सुरुमा समय लिई बोल्दैं राष्ट्रपति ड.रामवरण यादवले गत माघ २७ गते वर्तमान सरकारलाई लिखित रुपमा सातबुँदे निर्देशन र सुझाव दिएको भन्दै आपत्ति जनाएका थिए । राष्ट्रपतिले यसरी प्रधानमन्त्रीलाई बोलाएर निर्देशन र सुझाव दिनु लोकतन्त्र र संविधानको मर्म विपरीत हुने उनले दाबी गरे । जनताबाट निर्वाचित भई गठन भएको नयाँ संविधानसभालाई राष्ट्रपतिको निर्वाचन गरि राष्ट्रपति चयन गर्ने अधिकार दिईनु पर्ने समेत सचिव पौडेलको भनाई थियो ।