फागुन ९, कञ्चनपुर– कंचनपुरको सुडा स्थित गाउजीका दलित महिलाहरु संगठित हुदै सामाजिक सेवाको काम गरिरहेकी छन् । गाउका ४२ परिवारका दलित महिलाहरु मिलेर लालीगुराँस दलित महिला समूह गठन गरि समाजिक सेवाामा आबद्ध भएका ति दलित महिलाहरु अहिले आपदविपद्मा सघाउने समूहकारुपमा चिनिन थालेकी छन् । समुहबाट विधालयमा शुल्क तिर्न, बिरामी उपचार, ऋण तिर्ने र अन्य आय आर्जनका काममा समेत अन्य गाउका परिवारलाई ऋण दिने गरिएको समूहकी कोषाध्यक्ष विस्ना लुहारले बताइन । एक प्रतिशत ब्याजमा रकम दिइने भएकाले गाउलेहरुलाई घराईसी खर्च चलाउन राहत पुगेको उतm समुहका महिलाहरुको भनाई छ । समूहका सबै सदस्यले मासिक रुपमा बचत गरी सङकलन हुने बचत आवश्यकता अनुसार ऋण अन्य गाउलेहरुलाई दिदै आएका छन । मासिक २० रुपैया सङ्कलन गरी बचत हुने आम्दानीबाट आपतविपद्मा परेका गाउलेहरुलाई ति दलित महिलाहरुले सहयोग गर्दै आएकी छन् । समाजिक सेवा तर्फ अग्रसर त्यहा दलित महिहलाहरु समाजिक कुरिती मेटाउन समेत लागि परेका छन । मासिक रुपमा बस्ने समुहको बैठकमा जातीय विभेद तथा छुवाछूत र महिला हिंसाका बारेमा पनि छलफल गर्दै आएका छन् । लालीगुराँस दलित महिला समूह गठन गरि समाजिक सेवामा लागेका यी दलित महिलाहरुको काम हेरेर अन्य ठाउका महिलाहरुले समेत सिको गर्न थालेका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
