ताप्लेजुङ–काठमाडौ उडान सुरु

फागुन ९,ताप्लेजुङ – नेपाल वायू सेवा निगमले जहाज दुर्घटनाका कारण उडान कटौती गर्ने तयारी गरेका बेला तारा एअरले ताप्लेजुङ–काठमाडौ उडान सुरु गरेको छ । हप्ताको एक पटक बुधवार उडान गर्ने स्टेशन मेनेजर ओमप्रकाश राईले बताए । विमानको एकतर्फी भाडा ६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हवाई सेवा थपिएपछि जिल्लाबासी खुसी भएका छन् । निगमले आधा उडान कटौती गरेपनि ताराले हप्तामा एक पटक उडान गर्ने भएपछि अब जिल्लाबासीले हप्तामा तीन पटक ताप्लेजुङ–काठमाडौ हवाई उडान सेवा पाउने भएका छन ।