एक दाना सुन्तलाको मूल्य २५ रुपैयाँ

फागुन ९,ताप्लेजुङ – ताप्लेजुङमा यसबर्ष सुन्तालाको मुल्य निकै आकासीएको छ । अन्य बर्षहरुको तुलनामा यसबर्ष उत्पादन घट्नु र बजारमा माग बढि भएकाले सुन्तालाको मुल्य आकासिएको हो । गत बर्ष एक दानाको १० रुपैयाँ पर्थ्यो भने यस बर्ष मूल्य दोब्बर भई एक दाना सुन्तलाको २५ रुपैयाँ पर्ने उपभोक्ताको भनाइ छ । एक दाना सुन्तलाको मूल्य २० देखि २५ रुपैयाँ किनबेच भेरहेको स्थानिय ब्यवपारिले बताएका छन । जिल्ला कृषि विकास कार्यालयले भने सालिन्दा उत्पादन घट्दै गएको र माग चाही आकासिएका कारण मुल्य ह्वात्तै बढेको जनाएको छ ।