फागुन ७, पर्वत– पशुहरुमा खोरेत रोगको संक्रमण बढेर गएपछि पर्वतका कृषकहरु चिन्तित भएका छन् । केहि महिनादेखी देखिएको खोरेत रोगको संक्रमणका बारेमा किसानहरुलाई थाहा नहुँदा जिल्लाका धेरै पशुहरुमा संक्रमण बढ्दै गएको जिल्ला पशु सेवा कार्यालय पर्वतले जनाएको छ । चौपायामा खुर कुहिने, झोक्राउने, दुध नदिने लक्षण देखिएको कृषकहरुले बताएका छन । खोरेत रोग लामो समय सम्म रहेपछि चौपाया मर्ने गर्दछन् । चौपायाहरुमा खोरेत रोग लाग्नुको मुख्य कारण चौपायाहरुमा खोपको मात्रा कम हुनु, कृर्षकहरुमा जनचेतनाको कमी र लापरवाहीका कारण खोरेत रोगको प्रकोप बढेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशुलाई वर्षको २ पटक खोप लगाउनुपर्ने भएपनि किसान यस प्रति सचेत नभएको कार्यालयको भनाई छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक