फागुन ६, काठमाडौं– संबिधानसभाको सभामुख चुन्नका लागि संविधानसभाको बैठक केही समय अगाडीबाट सुरु भएको छ । आजको बैठकले एमाले सभासद सुवास नेम्वाङलाई सभामुखामा निर्वाचित गर्दैछ । संविधानसभाको सभामुखका लागि नेम्वाङको मात्र उम्मेदवारी परेकाले उहा दोस्रो पटक सभामुख हुने पक्का भएको छ । बैठकमा एमाले संसदीय दलका नेता केपी ओलीले नेम्वाङलाई सभाध्यक्ष बनाउने प्रस्ताव पेश गरेका छन् भने नेम्वाङको समर्थकमा कांग्रेसबाट सभासद कृष्ण सिटौला रहेका छन् । सभामुखमा कांग्रेसले एमालेलाई समर्थन गर्ने सहमती गरेको भएपनि एकिकृत माओबादीले पनि आफु तेस्रो शतmी भएका कारण सभामुख आफुले पाउनु पर्ने दाबी गर्दै आएको थियो । अन्ततहः एमाओबादीले सभामुखमा उम्मेदवारी नदिए पछि नेम्वाङ् सर्बसम्मतीबाट दोस्रो पटक सभामुख हुने पक्का भएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
