कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

फागुन ६, काठमाडौं– माघ २५ गते लिईएको कक्षा ११ को मौका परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उच्च माध्यमिक शिक्षा परिषदका अनुसार परीक्षामा ४१ हजार ५ सय १६ अर्थात ७९.१४ प्रतिशत उतिर्ण भएका छन् । मौका परीक्षामा ५२ हजार ४ सय ६२ परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित परीक्षाफल hseb.edu.np / hseb.ntc.net.np मा हेर्न सकिनेछ ।