२माघ,रुपन्देही–सस्तो पाइने विश्वासमा ससानो घरयासी सामान किन्न पनि भारतीय बजारमा जाने उपभोक्तालाई रोक्न भैरहवा भन्सार कार्यालयले सामान आयातमा कडाइ गरेको छ । घरयासी प्रयोजनका सामानलाई भन्सार छुट दिदा अवैध आयात बढ्दै र राजश्व संकलन घट्दै गएपछि भन्सारले महिना दिन यता जुनसुकै सामानको भन्सार तिराउन थालेको हो । भन्सार शुल्क तिर्न परेपछि घरयासी सामान किन्न भारतीय बजार जाने उपभोक्ताहरु स्वदेशी बजारमै रोकिएका छन् । विहे, व्रतवन्ध तथा पूजाको सिजनमा भएको भन्सार कडाइले सिमावर्ती भारतीय बजारको व्यापारमा ५० प्रतिशतले गिरावट आएको छ । स्वदेशी बजारमा भने झण्डै २० प्रतिशत कारोबार बढेको सिद्धार्थनगर उद्योग वाणिज्य संघ कार्यालयले जनाएको छ । भन्सारमा कडाइ थालेपछि दैनिक करिब ४ लाख संकलन गर्ने भन्सार यात्रु शाखाले अहिले दैनिक झण्डै १० लाख संकलन गर्ने गरेको छ । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा कुल राजश्व भने १० अरब २ करोड ३३ लाख रकम संकलन गरेको छ । सस्तो सामान पाइने विश्वासमा रुपन्देहीसहित पाल्पा, कपिलवस्तु, नवलपरासी तथा लुम्बिनी अञ्चलका पहाडी जिल्लाका उपभोक्ता भारतीय सुनौली तथा नौतनवा बजार जाने चलन छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो