बस दुर्घटनामा १ को मृत्यु, ३२ घाईते

फागुन २,रुपन्देही–पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको वासामा यात्रु बहाक बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३२ यात्रु घाईते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ४ ख १०९१ नम्बरको बस आज शुक्रबार दुर्घटनामा परेको हो । खचाखच यात्रु बोकेको बस सडकमा रोकी राखेको ना ४ ख ३९०० नम्बरको ट्रकमा ठक्कर खादा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरुको वुटवलमा उपचार भईरहेको छ । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहे छ ।