कारागारमा आक्रमण, सात प्रहरीको मृत्यु

फागुन २, काठमान्ठौं– यमनको राजधानी सनास्थित मुख्य कारागारमा बन्धुकधारीको आक्रमणमा परी ७ जना प्रहरीको मृत्यु भएको छ । गएराती भएको आक्रमणपछि प्रहरीसँग भएको झडपमा परी ३ जना बन्धुकधारीको पनि मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सो आक्रमणका कारण जेलमा रहेका कतिपय कैदी भाग्न सफल भएको बताईएको छ । आक्रमणको जिम्मेवारी हालसम्म कुनै समुहले लिएको छैन । बिगल लामो समयदेखि यमनमा अलकायदाको नेतृत्वमा विद्रोह जारि छ