प्रधानमन्त्रीले एमाले नेताहरुसँग छलफल गर्दै

फागुन २, काठमान्ठौं– मन्त्रालय समानरुपमा बाडफाँड गर्ने गरि एमालेसंग सात बुंदे सहमती गरेर प्रधानमन्त्री बनेका कांग्रेस सभापति शुसिल कोइरालाका लागि अहिले तेई सहमती पहिलो गाँसमैं ढुङ्गा जस्तैं बनेको छ । गृह मन्त्रालय एमालेलाई दिने गरि कांग्रेससंग सहमती भएको कुरा एमाले शिर्ष नेताहरुले सार्वजनिकरुपमा भनिरहेका बेला दुबै पार्टिमा अहिले यो बिषय चर्चामा रहेको छ । कंग्रेसले भने एमालेलाई गृहमन्त्रालय दिने सहमती नभएको दाबी गर्दै आएको छ । मन्त्रालय बाँडफांडको असन्तुष्टीकाबारे आज एमालेका शिर्ष नेताहरुसंग प्रधानमन्त्री सुशिल कोईरालाले छलफल गर्दै हुनुहुन्छ । गृहमन्त्रालय आफुलाई दिने सहमतीबाट कंग्रेस पछि हटेको भन्दै असन्तुष्ट बनेको एमालेलाई मनाउने प्रयास स्वरुप प्रधानमन्त्री कोइरालाले छलफल गर्न लाग्नुभएको हो । गृह मन्त्रालयका बिषयमा दुइ दलबिच विवाद बढेपछि कंग्रेस एमाले गठबन्धनमै संकट देखा पर्न थालेको छ । एमालेसग कंग्रेसले यसअघि पनि पटक पटक वार्ताको प्रयास गरेको थियो । आज बस्ने व्यवस्थापिका संसदको बैठकपछि प्रधानमन्त्रीले एमाले नेतासँग वार्ता गर्ने तयारी गर्नुभएको कांग्रेसका एक नेताले जानकारी दिए । संसद बैठक दिउसो ३ बजे पछि बस्नेछ ।