आज विश्व रेडियो दिवस

फागुन १,काठमान्डौं– समाजमा जनचेतना र बिभिन्न सुचना प्रवाह गर्नका लागि संचारको सर्बसुलभ माध्यम मानिएका विश्वका रेडियोहरुले आज तेस्रो विश्व रेडियो दिवस धुमधामका साथ मनाईरहेका छन् । नेपालमा पनि यही दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आज भन्दा ६८ वर्ष अघि सन् १९४६ फेब्रुवरी १३ तारिखमा संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन युनेस्कोको घोषणा अनुसार नेपालका सामुदायिक रेडियोहरुले विश्व रेडियो दिवस मनाउन थालेका हुन । रेडियो दिवसकै सन्दर्भमा देशभरिका सामुदायिक रेडियोहरुले आज गोष्टी ससभा तथा अन्तरकृयात्मक कार्यक्रमहरु पनि गरीरहका छन् । नेपालमा रेडियोको निरन्तर प्रसारण शुरु भएको ६३ वर्ष भएपनि समुदायका लागि रेडियोको प्रसारण सुरु भएको चाहि १६ वर्ष पुगेको छ । अहिले देशभरिमा ५ सयभन्दा बढी रेडियोले प्रसारण अनुमति पाएका छन् र तीमध्ये २ सय ५० स्वघोषित सामुदायिक रेडियो रहेको पाईन्छ ।