जनयुद्ध दिवस मनाइदै, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता

फागुन १,काठमान्डौं– माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको सम्झनामा आज १९ औं जनयुद्ध दिवस भव्यका साथ मनाईरहेको । दिवसको अवसरमा एकीकृत माओवादी र नेकपा–माओवादीले छुट्टा छुट्टैं कार्यक्रमको आयोजना गरी मनाईरहेका छन् । माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको दिनको सम्झनामा दुबै माओवादीले जनयुद्ध मनाउदै आईरहेका छन । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । दिवसको अवसरमा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नेपालीको चाहाना अनुसारको संविधान बनाउन आफू सकृय रहने बताएका छन् भने नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले जनताको चाहाना अनुसारको परिर्बतन र संविधान निमार्णका लागि अझै आफूहरु सशतm आवाज उठाईरहेने बताएका छन् । जनयुद्ध दिवसको अवसरमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डले एक विज्ञप्ती जारिर गर्दै जनयुद्धको भावनालाई आत्मसात गर्दै नेपाली क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका छन । त्यस्तै नेकपा–माओवादीका अध्यक्ष वैद्यले पनि जनयुद्ध दिवसका अवसरमा छुट्टै वक्तव्य जारी गरि जनविद्रोहको दिशामा अगाडि बढ्न सबैमा अपिल गरेका छन् । जनयुद्ध दिवसका अवसरमा एकीकृत माओवादीले आफ्नो पार्टी कार्यालय कोटेश्वर र बैद्य माओवादीले कुपण्डोलमा कार्यक्रम गरिरहेको छन् । माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धका क्रममा करीव १४ हजार नेपालीले ज्यान गुमाएका थिए ।
jansena