कांग्रेस–एमाले विवाद कायमै

२९ माघ, काठमाडौ– गृहमन्त्रालयलाई लिएर कांग्रेस र एमालेबीच देखिएको विवाद समाधान हुन नसक्दा सत्ता गठबन्धन नै समस्यामा परेको छ । कांग्रेसले आज एमालेका शीर्ष नेताहरुसाग छलफल गरेर समस्याको समाधान गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति कोइरालाले एमालेसाग छलफलको तयारी गरेको उहााको सचिवालयले जनाएको छ । तर एमालेसागको छलफलको समय भने तय हुन सकेको छैन । यता नेपाली कांग्रेसमा एमालेलाई गृहमन्त्रालय दिन नहुने दवाव बढेको छ भने एमाले गृह नपाएसम्म सरकारमै नजाने अडानमा कायमै छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्रालयकै विषयलाई लिएर एमालेका शीर्ष नेताहरुले दिएको अभिव्यक्ति पनि आपत्तिजनक रहेको टिप्पणी गर्नुभयो । उहााले सरकारको नेतृत्व गर्नेले गृह र अर्थ मन्त्रालय पनि लिादा राम्रो हुने भएकाले यसलाई पद्धति बसाल्नुपर्ने बताउनुभयो । तर नेकपा एमालेका सचिव एवं वार्ता समितिका सदस्य विष्णु पौडेलले आफुहरु मन्त्रालय माग्न नगएको स्पष्ट पार्दै धोकामा आधारित सम्बन्ध नभई विश्वासमा आधारित सम्बन्ध चाहेको वताउनु भयो ।