दन्तमन्जन मा के छ ?

माघ २७, काडमान्डौं– मानिसलाई आर्कषण देखाउनमा उसको दाँतको निकै महत्वपुण भुमिका हुन्छ । यसैले हामी सबै बिहान बेलुका दाँत माझ्ने गर्दछौं । बजारमा उपभोक्ताको रोजाई अनुसारका विभिन्न ब्रान्डका दन्तमन्जन पनि छन तर सबै दन्तमन्जन स्वास्थ्यका लागि हितकारी छन् त ? दात सफा राख्न मदत पनि कतै दन्तमन्जनबाट शरीरमा दुष प्रभाव त पुगिरहेको छैन ? यसमा सचेत हुनैपर्छ । दन्त स्वास्थ्य सम्बन्धी अचेल चौतर्फी सचेतना अभियान चलिरहेको छ । चिकित्सक, सञ्चारजगत् र अभिभावकले समेत स्वास्थ्यका लिगि दन्त स्वास्थ्यको महत्व सम्झाउ छन् तर दन्तमन्जन कस्तो हुनुपर्छ भन्ने हेक्का कसैले राखेको देखि दैन । जसको फाइदा दन्तमन्जन उत्पादकले उठाइरहेका छन् । दन्तमन्जन उत्पादनमा कैयौ अस्वस्थ रसायन प्रयोगमा ल्याइएको छ । जसले दातसगै बिस्तारै प्रयोगकर्ताको स्वास्थ्य पनि पखाल्दै छ । दन्तमन्जनमा प्रयाग गरिने आम रसायन सोडियम लरेल सल्फेट यसले रसायनले झाग निकाल्छ र तन्तुलाई सम्वेदनशील बनाउछ । यसको प्रभावले छालालाई अन्य रसायन अवशोषित गर्न बाटो मिल्छ । सोडियम लरेथ सल्फेट यस रसायनमा डयोक्सिज हुन्छ र अन्य रसायनसग यसले प्रतिक्रिया गरी खतरनाक नाइटोसेमाइन बनाउछ । टाइक्लोसान यस रसायनलाई किटनाशक समूहमा दर्ता गरिएको छ । शरीरमा यसको प्रभावले क्यान्सर, थायराइयडमा समस्यार मुटुमको क्रियामा असर पुग्न सक्छ । फलोराइड दात स्वस्थ राख्न फलोराइड अनिवार्य गरिनुपर्ने आवाज उठाइन्छ । तर यसको प्रभाव बढेमा क्यान्सर हुने र थायराइडमा असर पर्ने देखिएको छ । यी रसायन अतिरिक्त दन्तमन्जनमा कृत्रिमा स्वाद, रङ्ग, गुलियोपना आदि मिसाइएको हुन्छ । यो स्वाद दन्तमन्जनमा मात्र सिमित छैन । दाँत सफा गर्ने माउथवाश समेत हानिकारक रहेको दन्त चिकिस्तकको भनाई छ । माउथवाशको सम्बन्धमा क्यान्सरसग पाइएको छ । सामान्यतया मानिसले दिनमा एकपटक दाँत माझ्ने गर्छन् । चिकित्सकले दिनको दुईपटक दाँत माझ्ने सल्लाह दिने गरेका हुन्छन् । विकसित देशमा प्र्रायः दन्तमन्जन प्रयोग वरिएका सबै रासायनिक अवस्थालाई सार्वजनिक गनेुपर्ने प्रावधान रहेको छ तर अविकसित देशमा दन्तमन्जनमा हालिएका सबै कुरा खुलस्त पारिएको हुदैन । एजेन्सी….,,