मोस्टवान्टेड पक्राउको परेको दावी

२७ माघ, काठमाडौं
अमेरिकाको मोस्टवान्टेड सुचिमा रहेका मादक प्रदार्थाका तस्कर मार्टिन सांचेजलाई मेक्सिकोका प्रहरीले पक्राउ गरेको दावि गरेको छ । मार्टिनमाथि सन २००० देखि २००३ सम्म कोलंम्वियाबाट अमेरिकामा ७६ टन कोकीन तस्कर गरेको आरोप लगाइएको छ । मार्टिनलाई पक्राउ गर्नेलाई अमेरिकी विदेशमन्त्रालयले ५० लाख अमेरिकी डलर दिने घोषण यसअघिनै गरेको थियो । उनिमाथि अन्तराष्ट्रिय मादक प्रदार्थका तस्करहरुसाग सम्वन्ध रहेको आरोप लगाइएको छ । अमेरिकाको विदेश मन्त्रालयले मार्टिनसाग सम्वन्द रहेक गिरोहहरुले अमेरिका र मेक्सिकोमा कोकीनको भण्डारन र वितरण गर्नेकाममा संलग्न रहेको आरोप लगाएको छ ।