सिरियाली सरकार र विद्रोहीपक्ष बीचको शान्तिवार्ता आजबाट सुरुहदै

२७ माघ, काठमाडौं
स्वीटजरल्यान्डको जेनेभामा सिरियाली सरकार र विद्रोहीपक्ष बीचको दोस्रो चरणको शान्तिवार्ता आजबाट सुरुहदै छ । यसअघि सम्पन्न पहिलो चरणको वार्तामा अपेक्षकृत सफलता हात पार्न नसकेकाले अबको बार्तामा केहि सुधारहुने आसा गरिएको छ । संयुक्त राष्ट्रसंधका विशेष दुत लक्दर बाहिमीले दोस्रो चरणको वार्तामा धेरै मुद्धामा सहमती हुने आसा ब्यक्त गरेका छन् । यस अघि सिरियाली सेनाले होम्स शहरमा बन्धक बनाई राखेका हजारौ महिला तथा बालबालिकालाई शहर छोड्न अनुमतिदिने विपक्षीको मागमा सरकार सहमत भएपछि होम्स शहरमा फसेका मानिसलाई उद्धार गरिएको थियो ।