मन्त्रिपरिषद अध्यक्ष रेग्मीले सिंहदरवार छाड्दै,देशवासीका नाममा सम्बोधन गर्ने

माघ २७, काठमाडौं– सरकार संचालनमा आफ्नो कार्यकाल सफल रहेको दाबी गर्दै आएका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आजबाट सिंहदरवार छोड्दै छन् । संबिधानसभाको निर्वाचनका लागि भन्दैं सत्त्ता सम्हालेका रेग्मीले निर्वाचन सफलताका साथ सम्पन्न गरि आजबाट औपचारिकरुपमा सरकारको नेतृत्व सुम्पन लागेका हुन । अध्यक्ष रेग्मीले आज सिंहदरबार छाड्नै लाग्दा देशवासीका नाममा सम्बोधन गर्ने बताएका छन् । रेग्मीले देशवासीका नाममा गर्ने सम्वोधनको समय भने अहिलेसम्म तोकिएको छैन् ।
यसैबिच, अध्यक्ष रेग्मीले सिंहदरबार छाडेपछि सर्वोच्च अदालतमा नफर्कने भएका छन । १ चैत २०६९ मा मन्त्रिपरिषद् अध्यक्षको शपथग्रहण गरेका रेग्मीले प्रधानन्यायाधीशकै हैसियतमा ११ महिना सरकारको नेतृत्व गरेर संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका हुन । रेग्मी फेरी सर्वाेच्च फर्कने या नफर्कने भन्ने अड्कालबाजी भइरहेका बेला सरकार प्रमुख भइसकेको आधार देखाई सर्वोच्च नफर्कने निर्णँय लिएको रेग्मी निकट स्रोतको भनाई छ । संसद्बाट आज नै प्रधानमन्त्री चयन हुने पक्का भएपछि आपू निकटस्थलाई बोलाएर सर्वोच्चमा नफर्कने उनले जानकारी दिएका थिए । मुख्य चार दलहरुबीच भएको ११ बुदे सहमति र राष्ट्रपतिद्धारा जारि २५ बुदे बाधा अड्काउ फुकाउ आदेशमार्फत प्रधानन्यायाधीशकै हैसियतमा सरकारको नेतृत्व सम्हालेका रेग्मी नया सरकार गठन भएपछि प्रधानन्यायाधीशका हैसियतमा न्यायालय नफर्कने स्पष्ट पारेका छन् ।