सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

माघ २७, कपिलवस्तु– पुर्बपश्चिम राजमार्ग अन्र्तगत कपिलबस्तुको चनईमा सवारी दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा चनई ७, कटुवाका अन्दाजी २८ वर्षीय अब्दुल वफा र कृष्णनगर बस्ने अन्दाजी २६ वर्षीय उम्मर अन्सारी रहेको प्रहरलिे जनाएको छ । बुटवलबाट हिजो साझँ कृष्णनगरतर्फ आउँदै गरेको लु १ ख ४७०३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशातर्फ गइरहेको लु १३ प ५७६३ नम्बरको मोटरसाइकललाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत चनई ५ खरेन्द्रपुर स्थित छाला फैक्ट्री नजिकै ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जाने दुबैजना मोटरसाइकलमा सवार रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रण लिई कारवाही प्रक्रिया अघि बढाइसकेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक माहाशर्मा पाण्डेले बताए ।