माघ २७,काठमान्डौं – एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको १६ दलीय मोर्चाले प्रधानमन्त्रीको ससदमा आज हुने निर्वाचनमा काग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदामन गर्ने निर्णय गरेको छ । आज विहान एमाओबादीको पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सहभागी मोर्चाले यस्तो निर्णय गरेको हो । संसदमा प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा एकीकृत माओवादी, मधेसी जनअधिकार फोरम, सदभावना पार्टी, संघीय सदभावना, संघीय समाजवादी, तमलोपा, तराईमधेस समाजवादी पार्टी, राष्ट«िय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र खम्बुवान राष्ट्रिय मोर्चा लगायतकाले कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन । गठबन्धनले कोइरालाको विपक्षमा मतदान गर्ने निर्णय गरेको भएपनि मोर्चामा रहेका मधेषी नेता विजय गच्छदार र सरदसिं भण्डारीले आफनो पार्टीमा छलफल गर्ने बताएको बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिए । तर १६ दलिय मोर्चा मैं रहेको समाजवादी जनता पार्टीले यस अघि नैं कांग्रैस सभापति सुशिल कोईरालालाई समर्थन गर्ने निर्णय गरि सकेकाले उहाको पक्षमा मतदान गर्ने नेता प्रेमबहादुर सिंहले बताए । आज बिहान बसेको मोर्चाको बैठकमा आफु सहभागी नभए समेत नेता सिंहले बताए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
