देशले आज ३७ औ प्रधानमन्त्री पाउदैं

माघ २७, काडमान्डौं– देशको ३७ औ प्रधानमन्त्री चयनका लागि आज संसदमा निर्वाचन हुदैछ । संविधानसभा भवन नयाँ वानेश्वरमा अहिले विहान ११ बजेपछि बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री चयनको लागि चुनाव हुनेछ । प्रधानमन्त्रीको लागि काङग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोईरालाको मात्रै उम्मेदवारी परेको छ । प्रधानमन्त्रीको उम्मेदवारी मनोनयनमा कांग्रेस सभापति सुशिल कोईरालाको मात्र नाम मनोनयनमा परेकाले प्रधानमन्त्री चयन गर्न कोइरालाको पक्ष र प्रतिपक्षमा मात्र मतदान हुनेछ । कोईरालालाई दोस्रो ठुलो दल नेकपा एमाले समर्थन गर्ने प्रतिबद्धता जनाईसकेकाले कोईराला नै प्रधानमन्त्रीको रुपमा निर्वाचित हुने पक्का भएको छ । मुख्य दल एमाले र कांग्रेसबीच हिजो सहमति भएपछि कोइराला प्रधानमन्त्रीका लागि एकमात्र उम्मेद्वार बनेका थिए । दुई स्वतन्त्र र ३० दलका गरि जम्मा ५ सय ७१ सभासद् छन् । मतदान अघि कोईरालाका प्रस्तावक काग्रेस उपसभापति रामचन्द्र पौडेल र समर्थक एमाले संसदिय दलका नेता केपी शर्मा ओलीलगायत दलका नेताले व्यवस्थापिका संसदमा बोल्ने कार्यक्रम रहेकाले प्रधानमन्त्री निर्वाचन प्रकृयाले केही समय लिने बताइएको छ ।
यसैबिच, संसद बैठकबाट प्रधानमन्त्री चयन भए लगत्तै आजै प्रधानमन्त्री सहित केही मन्त्रीहरुले शपथ ग्रहण हुने भएको छ । काङग्रेस र एमालेवीच भएको सहमती अनुसार केही मुख्य मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी रहेको ति दल निकट स्रोतले बताएको छ । कांग्रेस र एमालेबिच सबै मन्त्रालयको भागबण्डा गर्ने औपचारिक सहमती भएको छैन । एमालेको तर्फबाट गृहमन्त्रीको रुपमा सरकारमा प्रतिनिधित्व गर्ने बामदेव गौतमले सहित काङग्रेस र एमालेका दुई दुई जना मन्त्रीले आजै शपथ लिन सक्ने नेकपा एमालले जनाएको छ । यस्तै सभामुखको जिम्मेवारि समेत पाएको नेकपा एमालले फेरि पुर्व संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई नै त्यो जिम्मेवारी दिने भएको छ ।