सरकार बाहिरै बसेर संविधान निर्माणमा भूमिका खेल्ने–प्रचण्ड

माघ २६, चितवन– एकीकृत माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफुहरु सरकार बाहिरै बसेर संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने बताएका छन् । अध्यक्ष प्रचण्डले नयाा सरकार गठन कार्यमा कााग्रेस र एमालेलाई मिलेर जान आग्रह समेत गरेका छन । क्रान्तिकारी पत्रकार संघ चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले आफ्नो पार्टीको मुख्य ध्यान सरकार गठन भन्दा पनि संविधान निर्माणमा केन्द्रीत रहेको स्पष्ट पारेका छन । सरकार गठनमा सहयोग गर्न कांग्रेस र एमाले दुबैले आग्रह गरेको भएपनि कसैलाई समर्थनका गरि हाल्ने निर्णय पार्टिमा नभएको पनि बताए । पत्रकारको एक प्रश्नमा अध्यक्ष प्रचण्डले संविधानसभा अध्यक्षका लागि एमाओबादीको दाबी रहेको उनको भनाई थियो ।