माघ २६ , काठमाडौं – भोली संसदमा प्रधामन्त्रीको निर्वाचनका लागि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उम्मदेवारी दिएका छन् । संविधानसभा भवन नयााबानेश्वरमा आज सभापति कोईराला आफैं पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उहााको प्रस्तावक पार्टीका उपसभापति रामचन्द्र पौडेल रहेका छन् भने एमाले संसदीय दलका नेता केपी शर्मा ओली समर्थक रहेका छन् । सभापति कोइरालाले आफूहरुलाई समर्थन सबैलाई धन्यवाद दिदै लोकतान्त्रिक संविधान जारी गर्ने सबैको दायित्व भएकाले आफ्नो नेर्तत्वमा हुने सरकारमा सबैलाई मिलाएर अघि बढ्ने प्रतिकृया दिएका छन् । ६ महिनाभित्र लोकतान्त्रिक संविधानको मस्यौदा ल्याउने र एक वर्षमा संविधान जारी गर्ने जिम्मेवारी आफ्नो कााधमा आएको कोईरालाको भनाई छ । यसैबचि, संविधानसभा भवन नयाा बानेश्वरमा बसेको संसदीय दलको बैठकमा कोइरालाले अपवित्र ढंगबाट आफू प्रधानमन्त्री नबन्ने स्पस्ट पार्नुभएको छ । सरकारको नेतृत्व गर्न लोकतान्त्रिक मूल्यमान्यतालाई असर पर्ने र अनाआवश्यक सम्झौता गरेर सरकारमा नजाने समेत उनको भनाई छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो