एमालेले पनि प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने

२५ माघ, काठमाडौं– बहुमतीय सरकार गठनको औपचारिक प्रक्रिया सुरु भएसंगै नेपाली कााग्रेस र नेकपा एमालेका प्रतिनिधीले प्रधानमन्त्री पदका लागि मनोनयन फारम लिएका छन् ।
यद्यपी मनोनय भने कसैले बुझाएका छैनन् । संसद सचिवालयले शनिबार र आईतबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने व्यवस्था मिलाएको छ । यस अघि प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने बताएको नेकपा एमालेले भने उम्मेदवारीका लागि फारम लिएको छ । यस अघि एमालेले कााग्रेसकै नेतृत्वमा सरकारमा सहभागि हुने बताएको थियो । तर शनिबार उम्मेदवारी दर्ताका लागि भन्दै एमाले सभाषद् रामवीर मानन्धरले सचिवालयबाट फारम लिएपछि एमालेले पनि उम्मेदवारी दिने संकेत देखिएको हो । एमालेले कााग्रेसले शक्ति बााडफाडको सम्मानजनक प्रस्ताव प्रस्तुत नगरे आाफै उम्मेदवारी दिने तयारी गरेको बताईएको छ । यता नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उम्मेदवारी दिने भने लगभग निश्चित छ ।