रूपन्देहीमा थपिदै १२ नयाँ पुल

विनोद परियार, बुटवल
माघ २३, रूपन्देही – पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले मुख्य र भित्रि मार्गहरु जोड्ने १२ वटा नयाँ सडक पुल निर्माण धमाधम अगाडि बढाएको छ । सवारी साधनको चाप बढ्ेको र विभिन्न क्षेत्र जोड्नका लागि पक्की सडक पुलको आवश्यकता भएपछि सडक डिभिजनले रुपन्देहीमा १२ वटा नयाँ पुलको निर्माण कार्यलाई तिव्रता दिएको हो । सबै पुल निर्माणाधिन अवस्थामा छन् । ती मध्ये एउटा सम्पन्न भईसकेको छ । भने चार वटा निर्माणको अन्तिम चरणमा पुगेका छन् । बिशेष गरि मुख्य बजार र सडकसंग जोड्ने गरि पक्की सडक पुलहरु बन्न थालेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख दीपक भट्टराईले बताउनुभयो । रुपन्देहीका अधिकांश ग्रामिणभेगसंग जोड्ने गरि पक्की पुल निर्माण शुरु गरिएको र केहि पुलहरु चाँहि कपिलबस्तु र नवलपरासीका सडक जोड्ने गरि निर्माण थालिएको छ । पश्चिमाञ्चल सडक डिभिजनले बुृटवल क्षेत्रमा पनि पक्की पुल निर्माण गर्दैछ । बुटवल र पूरानो बटौली बजार जोड्ने पुल तिनाउ नदीमा निर्माण गरिने प्रमुख भट्टराईले बताउँनुभयो । विभिन्न नदी र खोलाले गर्दा जोडीन नसकेका ठाउँमा नयाँ पुल निर्माण शुरु गरिएको हो । सडक कार्यालयका अनुसार तिनाउ र दानव नदीमा दुई मुहान मर्चवारसडक ,तिनाउ नदीमै टिकुलीगढ अमुवा,तिनाउ नदीमै मणिग्राम मोतीपुर,दानव नदीमा मानमटेरिया सूर्यपुरा,पहेला नदीमा दानापुर सालझन्डी सडक जोड्ने सडकमा पक्की पुल निर्माण शुरु भएको हो । सैगरि दानव नदीमा दानापुर नयाँगाउ सडक,सुखौराखोलामा भुमही मद्रानी,दानव नदीमा बेलबास बेथरी,तेलारनदीमा आनन्दनगर तौलिहवाघाट,कोठी नदीमा खुनगाई तौलिहवा, तिनाउ नदीमा पूरानो बटौली जोड्ने पुल र कञ्चनकोठीमा गजेडी बनकसिया जोड्ने सडक पुल निर्माण भईरहेको छ । निर्माणधिन पुलमध्ये तेलार आनन्दनगरघाट,बेलबास बेथरी,सुखौराखोल भलुही मद्रानी,दानव नदीमा मानमटेरिया सूर्यपुरा जोड्ने पुलहरु निर्माणको अन्तिमचरणमा पुगेको सडक डिभिजन कार्यालय बुटवलका प्रवत्ता ईन्जिनियर धनीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार इंगुरिया मुर्गिया सूर्यपुरा जोड्ने पुल सम्पन्न भईसकेको छ । त्यस्तै बेलबास बथेरी पनि सम्पन्नको अवस्थामा पुगिसकेको छ । प्रवत्ता चौधरीका अनुसार यी सडकहरु सम्पन्न भएको खण्डमा बजार क्षेत्रमा सवारी चाप घटने र एउटै क्षेत्रका सडकमा मात्रै सवारी थुप्रिने समस्या हट्ने छ । पश्चिमाञ्चल सडक डिभिजनले सडकहरुको बेलाबेलामा अनुगमन समेत गरेकाले गुणस्तरीय समेत बनेको चौधरीको दावी छ । उहाँले पूरानो बुटवल जोड्ने पुल बन्दा तिनाउ पुल भएर जाने कतिपय सवारी पुलचोकबाट सिधै पारी बुटवल निस्किएर जान मिल्ने बताउँनुभयो । यी सडकहरु आगामि बर्षसम्ममा पूरा हुने सडक डिभिजनले जनाएको छ ।