डा. गोविन्द केसी फेरि अनशनमा

२५ माघ, काठमाडौं–सरकारले आफूसग गरेको प्रतिबघता पूरा नगरेको भन्दै त्रिभुव विश्वविद्यालय शिक्षण अस्पातालका वरिष्ठ हाड जोर्नी चिकित्सक डा. गोविन्द केसीले पुन: अनशन थाल्नुभएको छ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनशनमा बस्नु भएका केसीको माग पूरा गर्न सरकारले दुई साताअघि लिखित प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता पूरा गर्न सरकारले कुनै चासो नदिएको उल्टै अल्मल्याउने काम मात्र भएको भन्दै केसीले आजदेखि भोक हड्ताल थाल्नुभएको हो । वरिष्ठताको आधारमा डिन नियुक्त हुनुपर्ने, नया मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने जस्ता माग केसीले राख्दै आउनुभएको छ । उहाकै अनशनका कारण त्रिवि परिषद्ले डा. शशी शर्मालाई डिनबाट बर्खास्तसमेत गरेको थियो ।