सरकार गठनका लागि काङ्ग्रेसले दलहरुसग छलफल गर्दै

माघ २३, काठमाडौं– सहमतीय सरकारको प्रयास बिफल भएपछि नेपाली कांग्रेसले आजबाट आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि सहमति जुटाउन अन्य दलसंग वार्ता थाल्दैछ ।

बहुमतिय सरकार गठन प्रक्रिया सुरु भइसकेकाले एमालेसाग शक्ति बााडफााडमा कुरा मिलाउन वार्ता गर्ने तयारी भएको कांग्रेसले जनाएको छ । माघ २७ गते काङ्ग्रेस नेतृत्वमा सरकार बनाउन अनौपचारीक छलफल जारि रहेको र आज मुख्यदलसाग औपचारीक वार्ता हुने काङ्गेस कार्यदलका सदस्य दीपकुमार उपाध्यायले बताए । एमाले लगायतका अन्य दलसाग छलफल गर्नुअघि कंग्रेस आन्तरिक छलफलमा रहेको उहाको भनाई छ । एमालेले शक्ति बााडफााडमा कुरा नमिले सरकारमा नजाने बताई रहेकाले शक्तिबााडफााडमा सहमति जुटाउन कंग्रेसलाई कठिन हुने देखिन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको विषय तत्काल स्थगन गरेर अरु मुद्दा र पदमा सहमति खोज्ने तयारी नेपाली काग्रेसले गरेको छ ।