बस दुर्घटनामा परि १४ जनाको मृत्यु, ७ को अवस्था गम्भिर

माघ २३, पाल्पा– पाल्पामा आज विहान बस दुर्घटना हुादा १४ जनाको ज्यान गएको छ भने अन्य ७ यात्रु गम्भिर घाईले भएका छन । सिद्धार्थ राजमार्ग अन्र्तगत चिदीपानी–२ भालुखोलामा बिहान करीव २ वजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा वस साहु भिमगिठे बाग्लुङ्गका २८ बर्षिय मोहन केसी, भरतपोखरी १ कास्कीका वुद्धिबहादुर वि.क. र मोरवाना ९ का राजबहादुर गुरुङ्गको मात्रै अहिलेसम्म सनाखत भएको बताईएको छ । पोखराबाट भैरहवा तर्फ जाादै गरेको लु १ ख ४९२४ नम्वरको रात्री वस दुर्घटनामा परेको हो । दुर्घटनामा १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा लुम्बिनी शिक्षण अस्पतालमा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बस सडक भन्दा ३ सय मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान जारि रहेको प्रहरीको भनाई छ । स्थानिय प्रहरी, सेना र स्थानियबासिको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो ।