संसदबाट तिन अध्यादेश पारित

२० माघ, काठमाडौं– व्यवस्थापिका संसदले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न गत चैत १ गते जारी भएको २५ बुदे बाधा अड्काउ फुकाउ आदेश दुई तिहाई बढी मतले १९ माघमा पारित गरेको छ ।
२५ बुदे सहितका तीन अध्यादेशबारे संसदको बैठकमा आज भएको मतदानबाट पारित भएको हो ।  २५ बुदेको पक्षमा ४ सय ९२ मत खसेको थियो भने त्यसको  विपक्षमा मात्र १४ मत खसेको थियो । उतm मतदानमा २ सभासद भने तटस्थ बसेका थिए ।
प्रमुख दल एकिकृत माओबादी, नेपाली कंग्रेस, नेकपा एमाले र मधेषी मोर्चाबीच भएको सहमति अनुसार राष्ट्रपतिले २५ बुदे बाधा अड्काउ फुकाउ आदेश पारित गरेपछि प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन गरेको थियो । दलहरुबिच संबिधानसभाको निर्वाचन कसको नेतृत्वमा गर्ने भन्नेबारे सहमती जुट्न नसके पछि  प्रधानन्यायाधीश रेग्मी निर्वाचन सम्पन्न गराउने गरि सत्ता सुम्पेका थिए ।