सरकार बहुमतीय प्रकृया बाटै गठन हुने

२० माघ, काठमाडौं – आफ्नो नेतृत्वमा सहमतीय सरकार गठन गर्ने नेपाली कांग्रेसको अन्तिम प्रयास असफल भएको छ । संबिधानसभा नयाा बानेश्वरमा १९ गते बसेको बैठकमा तेस्रो शतmी एकिकृत माओवादी र चौथो शतmी राप्रपा नेपालले प्रतिपक्षमा बस्ने बताए पछि कंग्रेसको नेतृत्वमा सहमतीय सरकारको सम्भावना टुङ्गिएको हो ।
कंांंग्रेस संसदिय दलको नेतामा निर्वाचित भई सरकारको नेतृत्व गर्ने पर्खाईमा रहेका सभापति सुशील कोइरालाले सहमतीय सरकार गठनका लागि छलफल गर्नु भएको थियो । सभापति कोइरालाको नेतृत्वमा सरकार गठन गर्न १६ दलले लिखित रुपमा समर्थन पनाए पनि संबिधानसभामा एमाओवादी र राप्रपा नेपालले आफुहरु प्रतिपक्षमा बस्ने प्रष्ट पारेपछि अब सहमतीय सरकार गठनको बाटो बन्द भई बहुमतीय प्रकृयाबाट सरकार गठन हुने कांग्रेस प्रबतmा दिलेन्द्रं प्रसाद बडूले बताए ।
सहमतीय सरकार गठन नहुने भएपछि बहुमतीय प्रकृयाबाट पनि सभापति कोइराला सर्वसम्मत प्रधानमन्त्री बन्न सक्ने उहा निकट नेताहरुको दाबी छ । दलहरुबिच सहमतीय सरकार गठनको प्रयास बिफल भएपछि आजै राष्ट्रपतिले अन्तरिम संविधान अनुसार बहुमतीय सरकार गठन बारे आव्हान गर्ने बताईएको छ ।