भारत र चिनका सिमा नाका बन्द

मंसिर २, काठमान्डौं– निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि ७२ घण्टाका लागी भारत चिनसंग जोडिएका सिमा नाका बन्द गरिएको छ । चुनावका बेला हुनसक्ने अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै भारत , चिन र नेपालका सुरक्षा अधिकारीको सहमतीमा सिमा नाका बन्द गरिएको हो । मंसिर ४ गते हुने संबिधानसभाको निर्वाचन शान्तीपुुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसंग जोडिएका १ सय ५० वटै सिमा नाका बन्द गरिएको प्रहरीका प्रबतmा एसएसपी गणेश केसीले जानकारी दिनुभयो । त्यस्तै चिनसंग जोडिएका तातोपानि, केरुङ लगाएतका सिमा नाका पनि गएराती १२ बजे देखि नै बन्द गराएको छ । यद्धपी बिरामी बोकेका एम्बुलेन्स र अत्याआवश्य कामका लागि सर्बसाधारणहरुले निर्वाध रुपमा सिमा नाकामा आवत जावत गर्न पाउने प्रबतmा केसीले बताउनु भयो । यस्तै, निर्वाचनका समयमा मदिरा जन्य पर्दाथ बिक्री बितरणले समाजमा झैझगडा , होहल्ला अपराधिक घटना बढी घट्ने भन्दै गृह मन्त्रालयले आज देखि मदिरा बिक्री बितरणमा रोक लगाएको छ । मतदान केन्द्र वरपर मदिरा सेवन र बिक्रिबितरण गरेको पाईएमा कडा कार्बाही गरिने जनाइएको छ ।