निर्वाचनको मौन अवधि जारि

मंसिर २, काठमान्डौं– हिजो मध्यराति देखि निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन हुन भन्दा ४८ घण्टा अघिबाट शुरु हुने मौन अवधि गएराति १२ बजेबाट शुरु भएको हो । मौन अवधिमा दल तथा उम्मेदवारले प्रत्यक्ष रुपमा मतदाता भेटी प्रचारप्रसार गर्न नपाउने र सञ्चारमाध्यमले पनि कुनै दलको पक्ष–विपक्षका सूचना, जानकारी वा समाचार प्रकाशन–प्रसारण गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता विपरित काम गर्ने राजनीतिक दल, उम्मेदवार, व्यतmी , संस्था, पदाधिकारी वा निकायलाई एक लाख रुपैयासम्म जरिवाना गर्न सक्ने आयोग प्रबतmा बिरबहादुर राईले बताउनु भयो । मौन अवधीमा प्रचारप्रसारका कार्यक्रम गर्न नपाईने भएपछि उम्ेमदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्याकर्ताबिच आन्तरिक छलफलमा छन छन । आफ्नो पक्षमा जनमतबारे बिभिन्न आकंलन गरिरहेका उम्मेदवारको अग्नी परिक्षा आउन अब दुई दिन मात्रै बांकी छ ।